भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

महंगो पारिश्रमिक लिने अभिनेत्री

महंगो पारिश्रमिक लिने अभिनेत्री

काठमाडौं । पछिल्लो समय त कतिपय अभिनेत्रीले आफ्नो पारिश्रमिक पनि तोक्न थालेका छन् । कंगना रनौतदेखि दीपिका पादुकोणसम्मले फिल्मको लागि आफ्नो रेट तोकेका छन् । यहाँ यस्तै पारिश्रमिक तोकेका ५ बलिउड अभिनेत्रीको बारेमा बताइएको छ ।

कंगना रनौत

रनौत बलिउड मात्रै नभई भारतकै सर्वश्रेष्ठ अभिनेत्रीहरुमा पर्दछिन् । उनले तीन पटकसम्म भारतको राष्ट्रिय फिल्म पुरस्कार पनि पाएकी छिन् । उनी आफ्नो अभिनयबाट दर्शक र फिल्म समीक्षलाई आफ्नो तर्फ निकै नै आर्कषित गर्दछिन् । पछिल्लो समय फिल्म अभिनयको लागि कगंनाले निर्माताबाट २४ देखि २५ करोड भारु लिने गरेकी छिन् । उनी भारतीय फिल्म क्षेत्रमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री पनि हुन् ।

दीपिका पादुकोण

दीपिकाले एकदमै ठुलो लगन र मेहनेतले बलिउड उद्योगमा आफ्नो पहिचान बनाएकी हुन् । उनि भारतीय सेलिब्रेटीमा सबैभन्दा चर्चित र आर्कषक पनि मानिन्छिन् । उनलाई आलोचकका साथसाथै जनस्तरबाट पनि धेरै माया प्राप्त भएको छ । उनि अभिनयको लागि निकै रुचाईने कलाकार हुन् । उनको प्रशंसक पनि करोडौंमा छन् । दीपिका औसत एक फिल्मको लागि २१ देखि २२ करोड भारु पारिश्रमिकको रुपमा लिने गर्दछिन् ।

प्रियंका चोपडा

अन्तराष्ट्रिय रुपमै चर्चित अभिनेत्री हुन् । उनले बलिउडका बाहेक पनि अन्य भाषाका फिल्ममा पनि काम गरेकी छिन् । चोपडा अभिनित अधिकांश फिल्म सफल पनि छन् । उनि बलिउड फिल्म उद्योगमा सबैभन्दा बढि कमाई गर्ने नायिकामा पनि पर्दछिन् । उनले एक फिल्मको लागि १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गरेकी छिन् ।

करीना कपूर
रुपले अत्यन्तै सुन्दर करीनालाई प्रशंसक ‘बेबो’ भनि सम्बोधन गर्दछन् । उनी अभिनित धेरै फिल्म सफल छन् । उनलाई ६ पटकसम्म फिल्मफेयर पुरस्कारसमेत प्राप्त भएको छ । बलीउडकी सबैभन्दा बढि पारिश्रमिक लिनेमध्येमा करीना चौथो नम्बरमा पर्दछिन् । करीनाले सामान्यतया एक फिल्मको लागि १६ देखि १७ करोड भारु पारिश्रमिक लिने गरेकी छिन् ।

श्रद्धा कपूर कपुर अभिनेत्रीका साथसाथै गायीका पनि हुन् । उनले अभिनय गरेका अधिकांश फिल्म ब्लकबस्टर भएका छन् । प्रेम कथामा आधारित फिल्ममा उनलाई निकै रुचाइएको छ । कपूर अहिलेको समयमा बलिउडकी सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्रीमा पाँचौ नम्बरमा पर्दछिन् । उनले एक फिल्मको लागि १५ करोड भारुसम्मको पारिश्रमिक लिने गरेकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.