काठमाडौं । पछिल्लो समय त कतिपय अभिनेत्रीले आफ्नो पारिश्रमिक पनि तोक्न थालेका छन् । कंगना रनौतदेखि दीपिका पादुकोणसम्मले फिल्मको लागि आफ्नो रेट तोकेका छन् । यहाँ यस्तै पारिश्रमिक तोकेका ५ बलिउड अभिनेत्रीको बारेमा बताइएको छ ।
कंगना रनौत
रनौत बलिउड मात्रै नभई भारतकै सर्वश्रेष्ठ अभिनेत्रीहरुमा पर्दछिन् । उनले तीन पटकसम्म भारतको राष्ट्रिय फिल्म पुरस्कार पनि पाएकी छिन् । उनी आफ्नो अभिनयबाट दर्शक र फिल्म समीक्षलाई आफ्नो तर्फ निकै नै आर्कषित गर्दछिन् । पछिल्लो समय फिल्म अभिनयको लागि कगंनाले निर्माताबाट २४ देखि २५ करोड भारु लिने गरेकी छिन् । उनी भारतीय फिल्म क्षेत्रमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री पनि हुन् ।
दीपिका पादुकोण
दीपिकाले एकदमै ठुलो लगन र मेहनेतले बलिउड उद्योगमा आफ्नो पहिचान बनाएकी हुन् । उनि भारतीय सेलिब्रेटीमा सबैभन्दा चर्चित र आर्कषक पनि मानिन्छिन् । उनलाई आलोचकका साथसाथै जनस्तरबाट पनि धेरै माया प्राप्त भएको छ । उनि अभिनयको लागि निकै रुचाईने कलाकार हुन् । उनको प्रशंसक पनि करोडौंमा छन् । दीपिका औसत एक फिल्मको लागि २१ देखि २२ करोड भारु पारिश्रमिकको रुपमा लिने गर्दछिन् ।
प्रियंका चोपडा
अन्तराष्ट्रिय रुपमै चर्चित अभिनेत्री हुन् । उनले बलिउडका बाहेक पनि अन्य भाषाका फिल्ममा पनि काम गरेकी छिन् । चोपडा अभिनित अधिकांश फिल्म सफल पनि छन् । उनि बलिउड फिल्म उद्योगमा सबैभन्दा बढि कमाई गर्ने नायिकामा पनि पर्दछिन् । उनले एक फिल्मको लागि १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गरेकी छिन् ।
करीना कपूर
रुपले अत्यन्तै सुन्दर करीनालाई प्रशंसक ‘बेबो’ भनि सम्बोधन गर्दछन् । उनी अभिनित धेरै फिल्म सफल छन् । उनलाई ६ पटकसम्म फिल्मफेयर पुरस्कारसमेत प्राप्त भएको छ । बलीउडकी सबैभन्दा बढि पारिश्रमिक लिनेमध्येमा करीना चौथो नम्बरमा पर्दछिन् । करीनाले सामान्यतया एक फिल्मको लागि १६ देखि १७ करोड भारु पारिश्रमिक लिने गरेकी छिन् ।
श्रद्धा कपूर कपुर अभिनेत्रीका साथसाथै गायीका पनि हुन् । उनले अभिनय गरेका अधिकांश फिल्म ब्लकबस्टर भएका छन् । प्रेम कथामा आधारित फिल्ममा उनलाई निकै रुचाइएको छ । कपूर अहिलेको समयमा बलिउडकी सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्रीमा पाँचौ नम्बरमा पर्दछिन् । उनले एक फिल्मको लागि १५ करोड भारुसम्मको पारिश्रमिक लिने गरेकी छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दैलेखकी चर्चित एवं लोकप्रिय गायिका सपना शाहीले संगीत क्षेत्रलाई अझ उचाइमा उठाउने बताएकी छिन् । आइतबार कैलाश खबरसंग कुराकानी गर्दै शाहीले भनेकी छन्, ‘जब मानिसहरूले दोहोरी र देउडालाई गम्भीर...
काठमाडौं । तेलुगु नायिका रेखा बोजले भारतमा जारी विश्वकप क्रिकेट जिते समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा गरेकी छन् । उनले भनिन्, ‘यदि विश्वकप उचालेर भारतीय खेलाडी आउँछन्...
भक्तपुर । कोभिड–१९ पछि ठप्प भएको पर्यटन व्यवसाय यतिबेला चलायमान भएको छ । पर्यटकीय नगरी भक्तपुरको नगरकोटमा आजबाट सुरु भएको सडक महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटक पनि सहभागि भएका...
काठमाण्डौं । नेपालको प्रमुख एक पर्यटकीय नगरी भक्तपुरको नगरकोटमा सडक महोत्सव हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी कार्तिक २३, २४ र २५ गतेसम्म तीन...