महाधिवेशन प्रतिनिधिमा देउवा सर्वसम्मत चयन

महाधिवेशन प्रतिनिधिमा देउवा सर्वसम्मत चयन

काठमाडौं । महाधिवेशन प्रतिनिधिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वसम्मत चयन भएका छन् ।

गृह जिल्ला डडेल्धुराबाट सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए। मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका देउवा मात्रै होइनन् प्रधानमन्त्री देउवा पत्नी डा आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन्।

पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।

 


Thali Mobile Pvt.Ltd.