DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महामारीकै बेला बारामा अर्को विपत्ति

महामारीकै बेला बारामा अर्को विपत्ति image

७ बैशाख २०७७ बारा । मुलुक २७ दिनदेखि लकडाउनमा रहेको छ । यही कोरोना महामारीकै बेला जिल्लामा अर्को विपत्ति परेको छ । बाराका किसानलाई यही समयमा आएको अर्को विपत्तिले पीडासंगै थप चपेटामा पारिदिएको छ । हावाहुरी र असिनापानीले ठूलो क्षति पुर्‍याएको छ। किसानले लगाएको गहुँ र मकै तथा केरा खेतीमाअधिक क्षति पु¥याएको छ ।

किसानले ११ सय विगाहा क्षेत्रफलमा लगाएको केरा ७५ प्रतिशत क्षति पुगेको छ। करिब ४० करोड बराबरको क्षति भएको किसानले बताएका छन् । अधिकांश किसानले बीमा समेत नगरेकाले सरकारसँग राहत उपलब्ध गराउन माग गरिने बताएका छन् ।

साढे तीन बिगाहा जमिन भाडामा लिएर खेती गरेका निजगढका किसान विनोद न्यौपानले केरा खेती हुरीले ढालेर नष्ट पारिदिएपछि अब कसरी तिर्ने भन्ने चिन्ता सुरु भएको बताए। गहुँ बालि भित्र्याउने समयमा आएको असिना पानीले पाकेको गहुँ खेतमै झारिदिएको, मकैका बोटहरु भाँचिदिएको, फलफुल खेतीमा ठुलो नोक्सान भएको किसानले बताएका छन्।

आँप, लिची, कटहरलगायत फलफुल नष्ट भएको कृषि ज्ञान केन्द्रका बाराका प्रमुख जितेन्द्र यादवले बताए। उनले तरकारी र फलफुल खेती बढी क्षति भएको बताए। प्रहरी चौकी लंगडाको छाना समेत उडाईदिएको छ। क्षतिको लगत संकलन भइरहेकाले तत्काल यकिन गर्न नसकिने जिल्लाका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए। हावाहुरीले निजगढका दर्जन बढी घरको छानो उडाएको छ । हुरीले घरको छानो उडाएपछि अहिले बिचल्ली भएको बाराको निजगढ ४ का ममता धामीले बताईन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • मिथिलामा ‘जुडशीतल’ को चहलपहल शुरू image

    मिथिलामा ‘जुडशीतल’ को चहलपहल शुरू

    महोत्तरी, चैत २८। नयाँ वर्ष २०८२ शुरू हुन केही दिन बाँकी छँदै मधेश प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल शुरू भएको छ ।महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा त्यसका लागि सरसामान जुटाउन...

  • चौतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर image

    चौतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर

    वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गर्ने तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद...

  • वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई image

    वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

    पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष...

  • पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद image

    पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

    महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.