१६ असार २०७७ काठमाडाैं । कोभिड–१९ महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी रहेकोले सचेत रहन विश्व समुदायलाइ डब्ल्यूएचओ अनुराेध गरेकाे छ । महासचिव डा.ट्रेडोस अधोनम घेब्रेससले गत वर्षको डिसेम्बरदेखि फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोड भन्दा धेरै मानिसमा संक्रमण भइसकेको बताएका छन् ।
पाँच लाख चार हजार ३४५ संक्रमितको ज्यान गएकाे भन्दै महामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै खराब भएको उनकाे जिकिर छ । महामारीले अर्थव्यवस्था र सामाजिक जनजीवनमा ठूलाे असर परेको भन्दै यति धेरै मानवीय र आर्थिकरसामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको डा. टेड्रोसकाे भनाइ छ ।
महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा रहेकाे भन्दै उनले केही देशले नियन्त्रणमा लिएजस्तो देखिएपनि विश्वभर यो समस्या कायमै रहेकाे बताए । विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको भन्दै उनले खराब समय आउन बाँकी नै रहेकाे जिकिर गरे ।
महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले विश्वसंग आग्रह गरेका छन् । नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म पाँच लाख ४८ हजार ३१८ जना संक्रमित फेला परेका छन् भने १६ हजार ४७५ जनाको ज्यान गइसकेको छ । नेपालमा हालसम्म १३ हजार २४८ जना संक्रमित भेटिएका छन् भने २९ जनाको मृत्यु भएको छ । नेपाल जाेखिमै रहेकाले सचेत रहन अाग्रह गरेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...