भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

महिला विश्वकप फुटवलको उपाधि स्पेनले उचाल्यो

महिला विश्वकप फुटवलको उपाधि स्पेनले उचाल्यो

काठमाडौं । फिफा महिला विश्वकप २०२३ को उपाधि ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले जितेको छ । इंग्ल्यान्डलाई आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा १–० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेर इतिहास रच्न सफल भएको हो ।

स्पेन महिला विश्वकपको उपाधि जित्ने पाँचौ टिम समेत बन्यो । यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एक–एक पटक फिफा महिला विश्वकपको उपाधि जितेका थिए । २९ मिनेटमा कार्मोनाले उत्कृष्ट फिनिसिङ गर्दा स्पेनले अग्रता लिएको थियो ।

कार्मोनाले यसअघि सेमिफाइनलमा पनि स्विडेनविरुद्ध निर्णायक गोल गर्दा स्पेन फाइनल पुगेको थियो । ६४ मिनेटमा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । इंग्ल्यान्डकी वाल्सको हातले बल छोएपछि स्पेनलाई पेनाल्टी दिइएको थियो । स्पेनका लागि पेनाल्टी हानेकी जेनिफर हर्मोसोको प्रहारलाई इंग्ल्यान्डकी गोलकिपर मेरी इर्प्सले विफल पारिदिएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.