काठमाडौं । माघ १७ गतेका लागि राष्ट्रियसभाको बैठक बोलाइएको छ ।
माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको हो । सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए।
पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको उनको भनाइ छ ।
