भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

माल्या जंगल आगलागि अपडेटः एक जनाको मृत्यु अन्यको अवस्था सामान्य

माल्या जंगल आगलागि अपडेटः एक जनाको मृत्यु अन्यको अवस्था सामान्य

दैलेख । आठविस नगरपालिका –६ माल्या जंगलमा आगजनी नियन्त्रण गर्न जाँदा घाइते भएका १२ जना मध्य एक जनाको मृत्यु भएको छ । आगजनी नियन्त्रणका लागि जंगल पुगेका बेला आगो लागेर घाइते भएका भैरे बिकको निधन भएको हो ।

बाँकी घाइतेहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्न पुगेका उनीहरु वन समितिका अध्यक्ष नवीन विकले जंगलको आगजनी नियन्त्रणका लागि सहयोग मागेपिछ आगो निभाउन त्यहाँ पुगेको वडाध्यक्ष नमराज शर्माले बताए ।

आगोबाट बच्न बीचमा रहेको ठुलो ढुंगाभित्र बस्न पुगे पनि हावाको बेगले आगो भित्रै पुग्दा सबै घाइते हुन पुगेको उनको भनाइ छ । घाइतेको करिब ५० प्रतिशत शरीर जलेको अनुमान छ ।

घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिन स्थानीयले अनुरोध गरेका छन् । कर्णाली प्रदेश सरकार र संघिय संसद, प्रदेश सभा सदस्यहरुले पनि उपचारमा सहयोग गर्न अनुरोध सहित विज्ञप्ती निकालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.