भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मुख्यमन्त्री राजेन्द्र राईले लिए विश्वासको मत

मुख्यमन्त्री राजेन्द्र राईले लिए विश्वासको मत

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएका छन् । मुख्यमन्त्री राईले कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहेपनि सांसदहरु उपस्थित नभएकाले बुधबार विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १२८ को उपनियम (४) बमोजिम नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । सोहीअनुसार कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मत लिएका हुन् ।

मूख्यमन्त्री राईले पेस गरेको प्रस्तावको पक्षमा ५० विपक्षमा २९ मत खसेको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । बैठकमा मत दिन्न भन्ने पक्षमा ० मत खसेको सभामुखले जानकारी दिए । ९२ सदस्यीय रहेको प्रदेशसभामा बुधबारको बैठकमा ७९ सदस्यहरु उपस्थित रहेका थिए ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल एमालेका ४१ सांसद, सत्ता गठबन्धनको नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद रहेका छन् ।

कार्तिक १६ गते भीम आचार्यले राजीनामा दिएपछि एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री हुन् । मुख्यमन्त्री एमालेका शेरधन राई पहिलो हुन् भने आचार्य दोस्रोमा पर्छन् ।

 


Thali Mobile Pvt.Ltd.