भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मृत अवस्थामा नहरकाे पानीमा फेलापरे सशस्त्र प्रहरी जवान

मृत अवस्थामा नहरकाे पानीमा फेलापरे सशस्त्र प्रहरी जवान

१७ असार २०७७ सिरहा । सशस्त्र पहरीका जवानलाई मृत अवस्थामा नहरबाट निकालिएको छ । सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको हो ।

महोत्तरी सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

यसैबीच राजगढ गाउँपालिका–४ मा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीयले जानकारी दिए । घरदेखि ५०० मिटर दूरीमा खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.