भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेकपा बैठककै बीचमा अध्यक्ष ओली उठेर हिडेपछि…

नेकपा बैठककै बीचमा अध्यक्ष ओली उठेर हिडेपछि…

१७ असार २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । एक घण्टा बसेको बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेपछि स्थगित भएको हो ।

प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्ने भन्दै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक छाडेर बाहिरिएपछि बैठक एकछिन अलमलिएको एक नेताले बताए ।

प्रधानमन्त्री संसद बैठकमा जाँदा बैठक स्थगन नगर्ने केहि सदस्यले बताएपनि महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि एक घण्टा बसेर बैठक स्थगित भएको स्थायी कमिटी सदस्यले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.