कास्की । एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ परेका छन्। कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा रहेको नबील बैंकमा बुधवार राति १२ बजे फलामको रडले मेसिनमा रहेको ढोकाको लक फोडेर भित्र पसी मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार प्रदेश अन्तर्गत मोतीहारी जिल्लास्थित फेनरा पञ्चायत ग्राम ढांका बजार घर भई हाल पोखरा महानगरपालिका–९ नयाँ बजारमा बबि ठाकुर सैलुन सञ्चालन गर्दै आएका २० वर्षीय बबि ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीमाथि चोरी उद्योग मुद्दामा अनुसन्धान चलिरहेको छ ।
उनको साथबाट मसिन फोर्न प्रयोग गरेको फलामको रड एक थान, पेचकस एक थान, भाँचिएको अवस्थाको कपाल काट्ने कैँची एक थान र ढुङ्गा एक थान बरामद भएको छ।
