काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन् । मर्निङ कन्सल्टको सर्वेक्षण अनुसार प्रधानमन्त्री मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन् ।
मोदीको नेतृत्वलाई ७५ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएका छन् । उनीपछि ल्याटिन अमेरिकी मुलुक मेक्सिकोका
राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर दोस्रो स्थानमा छन् । उनको नेतृत्वलाई ६३ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएको उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ ।
तेस्रो स्थानमा युरोपेली मुलुक इटालीका प्रधानमन्त्री मारियो द्राघी रहेका छन् । उनको नेतृत्वलाई ५४ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएको छ ।
२२ जना विश्व नेताहरु समावेश उक्त सर्वेक्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेन भने ४१ प्रतिशत लोकप्रियताका साथ पाचौँ स्थानमा छन् ।
यही वर्षको जनवरी एवम् अघिल्लो वर्षको नोभेम्बर महिनामा सार्वजनिक गरिएको यस्तै सूचकांकमा पनि मोदी सबैभन्दा लोकप्रिय नेता रहेको पाइएको थियो ।
