भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

म्याद गुज्रेका सयौँ औषधि नष्ट

म्याद गुज्रेका सयौँ औषधि नष्ट

मध्यपुरथिमी । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज जगाती, सूर्यविनायक र दूधपाटीको भेटनरी तथा चश्मा पसलको अनुगमन गरिएको छ । अनुगमनमा म्याद नाघेको औषधि, विषादी पसलमा जथाभावी औषधि तथा पशुलाई बेहोश बनाउने निन्जा र केमाइन अनुमतिविना राखिएको, फ्रिज सफा नगरी ढुसी पारेर इन्जेक्सन औषधि राखेको पाइएको छ ।

यहाँका मञ्जु भेट फर्मामा फ्रिजमा ढुसी परेको पाइएको छ भने म्याद नाघेको औषधि जफत गरी नष्ट गरिएको छ । त्यस्तै विष्णु भेटनरी फर्मामा ढुसी परेको फ्रिज राखिएको र औषधि विभागको अनुमति नलिई बिक्री गरिएको पाइएको छ । स्ट्रेराइल डाइलुएन्ट, मारेक र इन्जेक्सन बुरसल जफत गरी नष्ट गरिएको छ । डेग पोल्ट्री फार्मले विभागको अनुमति नलिई औषधि बिक्री गरेको पाइएको छ ।

राम पासा भेटनरी, पासा भेटनरी, उज्ज्वल भेटनरी सेन्टरलगायतमा औषधि विभागको अनुमतिविना नै सञ्चालन भएको र पसलमा औषधि दिने व्यक्ति फार्मासिष्ट वा औषधि विभागको अनुमतिपत्र पाएका व्यक्ति नभएको पाइएको छ । अनुगमनमा रहनुभएका डा प्रणव जोशीले ढुसी आएको फ्रिजमा राखिएको इन्जेक्सन औषधिबाट पशुपक्षीमा सरेर तिनको मासु उपभोग गर्दा कालोढुसीको बिरामी देखापरेकोे बताए ।

अनुगमनको क्रममा अधिकांश चश्मा पसलले चश्माको सिसा, फ्रेमको खरीद र बिक्री मूल्यमा धेरै फरक गरी उपभोक्ता ठगेर धेरै नाफा लिएको, मूल्यमा एकरुपता नभएको, चश्मा पसलले जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति नलिई सञ्चालन गरिएको र औषधि विभागको अनुमति नलिएको पाइएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

लक्ष्मी अप्टिकल र भक्तपुर लक्ष्मी अप्टिकलले जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति नलिइएको, नगरपालिकामा दर्ताविना नै अवैध रुपमा सञ्चालन गरिएको, चश्माको मूल्यसूची नराखिएको, जथाभावी मूल्य लिइएको, खरीद बिल नदेखाइएको र नाफा धेरै लिई बिक्री गरी ग्राहकलाई ठगेकोे पाइएको उहाँले जानकारी दिनुभयो । भक्तपुर अप्टिकल, ओरिएन्टल अप्टिकल एण्ड फार्मेसी र मोडेल अप्टिकलले तालीम नलिएका जनशक्ति राखेको, जथाभावी मूल्य लिएर ठगी गरेको र पसल नवीकरण नगरेको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.