भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

म्यानमार सैन्य ‘कु’को विषयलाई लिएर राष्ट्रसंघ सुरक्षा परिषदमा ‘आपतकालीन’ बैठक

म्यानमार सैन्य ‘कु’को विषयलाई लिएर राष्ट्रसंघ सुरक्षा परिषदमा ‘आपतकालीन’ बैठक

काठमाडौं । म्यानमारमा भएको सैन्य ‘कु’ विरुद्ध अहिले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ‘आपतकालीन’ बैठक बोलाइएको छ ।‍ म्यानमारको सैन्य कु विरूद्ध कडा कदम चाल्ने बाइडनले समेत चेतावनी दिएका छन् ।

आज बस्ने बैठकमा सैन्य कु पछिको म्यानमारको अवस्थाबारे छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको संचारमाध्यमले जनाएका छन् ।पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउनु सुरक्षा परिषदका सदस्यहरु सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले नेत्री आङ सान सुकीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै सेनाविरूद्ध आवश्यक कदम चालिने कडा चेतावनी दिएका हुन । सेनालाई तत्काल सत्ता छोड्न भन्दै उनले अन्यथा गरे अमेरिकाले ‘कडा कदम’ चाल्ने बताएका छन्। बाइडेनले म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका छन् ।

प्रजातान्त्रिक गतिविधिमाथि प्रहार तत्काल नरोके कडा प्रतिबन्ध दोहोर्‍याउने चेतावनी उनल दिएका हुन् । नेतृ सुकीसहित हिरासतमा रहेका नेताहरूको रिहाइका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदाय अघि सरेको छ । युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता हुनुपर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कु’प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेपालले पनि म्यान्मारमा विकसित घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ। विज्ञप्ति प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले ‘म्यान्मारका जनताको इच्छालाई सम्मान गर्ने’ र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया छिटो पुनः स्थापित हुने विश्वास व्यक्त गरेको छ। म्यानमार सैनिक कदमको विश्वभरीबाट विरोध भएको छ ।

 


Thali Mobile Pvt.Ltd.