भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सेनाको बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गर्नु ‘कु’ कै संकेत हो त ?

सेनाको बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गर्नु ‘कु’ कै संकेत हो त ?

काठमाडौं । म्यानमारमा सेनाले सत्ता कब्जा गरेको केहि समय पछि नेपालमा नेपाली सेनाले बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गर्दा जनताले १९ माघ २०६१ मा सम्झिएका छन् । तत्कालीन राजा ज्ञानेन्द्रले चालेको निरङ्कुश कदमको झझल्को दिनेगरी नेपालमा पनि कु को संकेत भनेर राजनैतिक वृतमा चर्चा चल्न थालेको छ ।

संयोग के भने तत्कालिन राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरेको १६ वर्ष पुगेकै दिन म्यानमारमा सत्ता कब्जा भएकाले यो घटना सामान्यढंगले सोच नहुने जानकारहरुले लिएका छन् । नेताहरुलाई नियन्त्रण लिइएर टेलिफोन र विद्युतसमेत काटिनु र नेपालमा पनि सेनाले चक्रपथ परिक्रमा गर्नुले राजनैतिक संकेत गहन भएको छ ।

सोमबार बेलुका अबेर नेपाली सेनाले बख्तरबन्द गाडीबाट काठमाडौंको चक्रपथ परिक्रमा र बुधबार काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बख्तरबन्दको अभ्यास गरेको छ ।नेपाली सेनाले यसलाई नियमित अभ्यास भने पनि जनता र वुद्धिजिवीले यसलाई फरकढंगले लिएका छैनन् । सेनाले नियमित अभ्यासका लागि माघ १९ नै छनौट गर्नुलाई र ड्रेससहित सडकमा आउनुलाई निकै संशयका साथ हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.