भर्खरै : Sorry, your browser does not support inline SVG.
आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो |

यमनमा ड्रोन आक्रमणमा चार जना सैनिकको मृत्यु

यमनमा ड्रोन आक्रमणमा चार जना सैनिकको मृत्यु

एडेन । हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको उत्तरी क्षेत्रहरूमा सरकार समर्थक सेनाका सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको ती अधिकारीले बताए ।

उनले सो ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु भएको र थुप्रै घाइते भएको उल्लेख गरेका छन् । आक्रमणले सैन्य क्षेत्रलाई क्षति पुर्‍याएको र सशस्त्र गाडी पूर्ण रूपमा नष्ट भएको पनि जानकारी दिएका छन् । अधिकारीका अनुसार हुथीहरूले दक्षिणी प्रान्तहरूमा अन्य मोर्चाहरूमा पनि सैन्य आक्रमणलाई तीव्रता दिँदै आएका छन् । यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ हुथीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०२२ अप्रिलमा यमनमा मानवीय युद्धविरामको मध्यस्थता गरेको थियो । सुरुमा हिंसालाई उल्लेखनीय रूपमा घटाएर शान्तिपूर्ण समाधानको आशा पनि जगाएको थियो । तर गत वर्षको अक्टोबरमा युद्धविरामको म्याद सकिएपछि देशका विभिन्न क्षेत्रमा छिटपुट सशस्त्र भिडन्तहरू पुनः सुरु भएका छन् ।

संयुक्त राष्ट्रसंघले द्वन्द्वको राजनीतिक समाधानका लागि मध्यस्थता गर्ने काम गरिरहेको छ तर युद्धरत पक्षहरू बीचको विश्वासको कमी र त्यहाँ जारी हिंसा लगायतका कारण विगतका प्रयासहरू असफल भएका छन्।

 


Thali Mobile Pvt.Ltd.