भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

यसरी नेपाल पुग्यो भारतीय अनुदानको खोप

यसरी नेपाल पुग्यो भारतीय अनुदानको खोप

काठमाडौ । भारत सरकारको अनुदान सहयोगमा कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।

एयर इन्डियाको विमानबाट बिहीबार आएको कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गरे । कोभिसिल्ड खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा लगिएको खोप सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताए ।

टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा आवश्यकताको आधारमा पु¥याइने उनको भनाई छ । देशभर १६ हजार खोप केन्द्र रहेका छन् भने खोप लगाइदिने जनशक्ति ८ हजार छन् । खोप भित्रिएको एक साताभित्र खोप लगाउन सुरु गरिने स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.