यस कारण दुखेकाे हाे तपाईकाे ढाड ! समाधानका लागि यी कुरा अपनाउनुस्…

यस कारण दुखेकाे हाे तपाईकाे ढाड ! समाधानका लागि यी कुरा अपनाउनुस्… image

५ असार २०७७ काठमाण्डाैं । ३३ वटा हाडहरूले मानिसकाे मेरुदण्ड बनेको हुन्छ । यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्डलाई भर्टिब्राईबाट बनेका ५ वटा खण्डमा विभाजित गर्न सकिन्छ । गर्धनको ७ वटा सर्भिकल भर्टिब्राई, १२ वटा थोरासिक भर्टिब्राई, ५ वटा लम्बर, ५ वटा सार्कल र ४ वटा कक्सिजियल भर्टिब्राई ।

यी भर्टिब्राई लिगामेन्ट, मांसपेसी, फसेट जोर्ने र इन्टरभर्टिब्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएका हुन्छन् । इन्टरभर्टिब्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाइ बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा तल झार्नका लागि कुशनको रुपमा काम गर्छ ।

मेरुदण्डले स्पाइनल कर्ड र स्पाइनल स्नायु जराहरुलाई आफूभित्र समावेश गर्नुका साथै संरक्षण गर्न समेत काम गर्छ ।स्पाइनल कर्ड स्नायुहरुको लामो पातलो र टुवुलर स्ट्रक्चर हो, जुन चाहिँ ब्रेन स्टिमको मेडुला वोबलोङगटाबाट सुरु भएर पहिलो लम्बर भर्टिब्रासम्म फैलिएको हुन्छ ।

अब जानाैं ढाडको दुखाइ के हाे ?
ढाडको दुखाइ विशेषतः तल्लो भाग दुख्ने समस्या सर्वसाधारणमा हुने आम समस्या हो । लगभग ८० प्रतिशत वयस्कहरुले आफ्नो जीवनकालमा कम्तीमा एक पल्ट ढाडको तल्लो भाग दुख्ने समस्याहरुको सामना गरिरहेको चिकित्साशास्त्र अध्ययनहरुले देखाउँछ ।

अझ भन्नु पर्दा ४०–५० वर्ष उमेर पुगेका ९० प्रतिशत वृद्धहरुमा यो समस्या देखिन्छ । त्यसमध्ये ८० प्रतिशत बिरामीहरु १–३ महिनाभित्र सामान्य उपचार पद्धतिले निको हुन्छन्, मात्र ५–१० प्रतिशत बिरामीलाई शल्यक्रिया आवश्यक हुन्छ ।

ढाड दुखाइमा हुने प्रभाव
१. कामबाट वन्चित हुनु ।
२. उर्वरतामा कमी हुनु ।
३. मानसिक रुपले उदासिनता उत्पन्न हुनु ।

ढाड दुख्नुकाे कारण
ढाडको तल्लो भाग दुख्ने धेरै कारण छन् तर तिनीहरुमध्ये महत्वपूर्ण कारण यी हुन : 

  • शारीरिक रुपले गाह्रो काम गर्नु जस्तैः भारी उचाल्नु वा तान्नु ।
  • लामो अवधिसम्म उभिएर काम गर्नु ।
  • पिठ्युलाई बिराम नदिने कुर्सीमा लामो अवधिसम्म बस्नु ।
  • शारीरिक रुपमा उदासिन हुनु ।
  • मोटोपन, स्थुलता ।
  • धूमपान र रक्सी सेवन गर्नु ।
  • नमिलेको खाटमा सुत्नु ।

ढाडमा हुने दुखाइको उत्पत्ति
१  मेरुदण्ड भित्र

  • हाड वा इन्टरभर्टिब्रल डिस्कबाट
  • स्नायुबाट

२  मेरुदण्ड बाहिर

  • आन्द्रा, भुँडी, शरीरका भित्री अंगहरु
  • रक्तका नशाबाट
  • मानसिक
  • गर्भावस्था

ढाड दुखाइका कारण

  • बालबालिका र युवाहरुमा बांगिएको मेरुदण्ड
  • कामको बढ्ता बोझ
  • मेरुदण्ड चिप्लिनु
  • मेरुदण्डको हड्डी सर्नु
  • मेरुदण्डको हड्डी भाँच्चिनु
  • हाड कमजोर हुनु
  • मेरुदण्डको जोर्नी खिइएर जानु
  • नशा च्यापिनु

ढाड दुखाइका लक्षणहरू

  • ढाडको मांसपेसीमा तनाव भई धेरै बेर एउटै आसनमा बस्न नसक्नु ।
  • लामो समयसम्म उभिँदा वा बसिरहँदा ढाडको मांसपेसी दुख्नु ।
  • कम्मरको पछाडिको भाग, नितम्ब र खुट्टाहरु झमझम गर्नु ।
  • लामो समयसम्म हिँड्न गाह्रो हुनु ।
  • खुट्टा, नितम्बको वरिपरि अचेत हुने, कमजोर वा पीडा हुने ।
  • छिट्टो थकाइ महसुस हुने ।
  • दिसा, पिसाब कन्ट्रोल नहुने वा बन्द हुने ।

ढाड दुखाइका अनुसन्धान
ढाड दुखाइको अनुसन्धान गर्न इन्टरभर्टिब्रल डिस्क, फासेट जोर्नीको खियावट, स्पाइरल क्यानलको चौडाइ, स्पाइनल कर्ड र स्पाइनल स्नायु एवं जराहरुको स्थिति मूल्यांकन गर्न एक्स–रे, एमआरआई र सिटी स्क्यान जस्ता परीक्षणहरुको आवश्यकता पर्छ ।

एक्स-रे गर्नु कुन बेला आवश्यक हुन्छ ?

  • चोटपछिको साह्रो दुखाइ ।
  • केही गरी कम नभइरहेको वा बढ्दै गरेको दुखाइ ।
  • ५० वर्ष उमेर पुगेका वृद्धवृद्धा ।
  • अत्यधिक व्याकुल बिरामी ।
  • बाहिरबाट मेरुदण्ड बांगिएको खण्डमा ।
  • नशा च्यापिएको शंका भएमा ।
  • चोटपछिको सामान्य दुखाइ पनि २ साताभन्दा बढी रहिरहनु ।

एमआरआई कति बेला आवश्यक ?

  • नशा च्यापिएको शंका भएको ।
  • क्यान्सरको शंका भएमा ।
  • इन्फेक्सन भएमा ।

ढाडको दुखाइ कति बेला गम्भीर हुन्छ ?

  • ढाडको दुखाइ खुट्टातिर सरेमा ।
  • युवा अवस्थामा बिहान साह्रो दुखाइ हुनु ।
  • खुट्टामा झमझम, लाटोपना हुनु ।
  • खुट्टा निदाउनु, बल नपुग्नु, दिसा–पिसाब रोकिनु ।
  • ज्वरो लाग्नु ।

ढाड दुखाइको निदान, उपचारका पद्धति
ढाड दुख्ने समस्याका कारणको निदान वा उपचार बिरामीको चिकित्सा इतिहास, देखिने लक्षण एवं चिकित्सकीय शारीरिक जाँच परिणामका आधारमा गरिन्छ ।

ढाड दुख्ने समस्याका उपचार :

  • केही दिनको आराम
  • शारीरिक क्रियाकलापमा कमी
  • कठोर परिश्रम एवं मिहिनेत गर्न मनाही
  • शारीरिक चिकित्सा
  • दुुखाइ कम गर्ने औषधि (खाने चक्की, मलम र सुई)
  • शल्यक्रिया

दुखाइ भएको ठाउँमा चिसो राख्दा सन्चोको अनुभव हुन्छ । बरफका टुक्रा कपडामा पोको पारेर विस्तारै दुखेको ठाउँमा ५–१० मिनेट राख्नुपर्छ । यसले मांसपेसीमा रहेको तनाव कम हुन्छ । यो एक दुई दिन गर्न सकिन्छ । त्यसपछि तातोपानीले सेक्दा राम्रो हुन्छ । यो तरिका अल्टरनेट पनि गर्न सकिन्छ ।

शारीरिक चिकित्सा
१. हिट थेरेपीः

मनतातो पानीले दिनको २ वा ३ चोटी सेक्नु वा मेसिनको सेकाइले ढाडको मासुमा रगत सञ्चार बढाएर आराम पु¥याउँछ ।

२. क्र्यो थेरापीः

चोट लागेको ठाउँमा चिसो बरफले सेकाइ गरेमा दुखाइ र सुन्निएको कम हुन्छ ।

३. ढाडको कसरतः

नियमित रुपमा हाडको कसरत गरेमा हाडको मासु तन्किन्छ । मेरुदण्डको जोर्नीमा आराम हुन्छ । दुखाइ कम हुन्छ र च्यापिएको नशा जोगिने सम्भावना हुन्छ ।

शल्यक्रिया
लक्षण देखा परेमा, गम्भीर रुपमा स्नायु क्रम्पेसन भएमा, स्पाइनल अस्थिरता वा डिफर्मिटी भएमा शल्यक्रियाको आवश्यकता पर्न जान्छ । गम्भीर स्नायु कम्प्रेसनले मांसपेसी कमजोर बनाउँछ । निरन्तर खुट्टाहरु अचेत बनाउँछ । दिसा वा पिसाब थैलीको नियन्त्रणमा कमी आउँछ । शल्यक्रियाको सहायताले यसमा सुधार ल्याउन सकिन्छ । ५-१० प्रतिशत बिरामीमा मात्र शल्यक्रिया आवश्यक हुन्छ ।

सामान्य शल्यक्रिया
यो विधिमा मेरुदण्डको जोर्नीमा सुईको माध्यमले औषधि दिनुपर्ने हुन्छ ।

जटिल शल्यक्रिया
सामान्य उपचारले काम नगरेमा वा नशा च्यापिएर दिसा–पिसाब रोकिएमा वा खुट्टा लाटो हुँदा जटिल शल्यक्रिया आवश्यक हुन जान्छ । खासगरी एउटा अर्थोपेडिक इमर्जेन्सी हुँदा ६ घन्टाभित्र शल्यक्रिया नगरे आजीवन खुट्टा नचल्ने सम्भावना हुन्छ ।

दुखाइबाट कसरी जोगिने र गर्नुपर्ने स्याहार-सुसार
धेरै दिन आराम गर्ने र सक्रिय नहुनाले ढाड दुख्ने समस्याबाट आराम हुन्छ भन्ने सोच गलत हो । तसर्थ सम्भव भएसम्म छिटोभन्दा छिटो आफ्नो गतिविधिलाई पुनः सुरु गर्नुपर्छ ।

  • शारीरिक र पेसागत थेरापीहरुबाहेक दैनिक क्रियाकलापमा सहभागी हुने ।
  • स्पाइनको सही आसन कायम गर्ने ।
  • एउटै आसनमा धेरैबेर नबस्ने ।
  • घर वा बाथरुममा एउटै हातले भारी सामान नउठाउने ।
  • कुर्सीमा बस्दा अडेस लागेर सिधा बस्ने ।
  • निहुरेर धेरै काम नगर्ने वा भारी वजन शरीरभन्दा धेरै टाढा राखेर नउठाउने ।
  • काम गर्दा वा दैनिक क्रियाकलापहरुमा उपयुक्त आसन बनाउने ।
  • धेरै तनाव नलिने ।
  • आत्मविश्वास सिर्जना गर्ने ।
  • जागिरमा असन्तुष्टि एवं गाह्रो भएमा जागिर परिवर्तन गर्ने ।
  • नियमित व्यायाम गर्ने ।
  • सन्तुलित आहार खाना खाने ।
  • लामो समयसम्म कठोर आसन वा समान आसनमा काम नगर्ने ।

ढाड दुखाइका जटिलता
ढाड दुख्ने समस्याका सामान्यतया कुनै जटिलता हुँदैनन् । यद्यपि निम्नलिखित जटिलताहरु आउन सक्छन्ः  
१. इन्टरभर्टिब्रल डिस्क डिस्प्लेसमेन्टको कारणले स्पाइनल स्नायुहरु क्रम्प्रेसन हुँदा मांसपेसी कमजोर हुने दिसा वा पिसाबको नियन्त्रणमा कमी हुने, निरन्तर दुख्ने र अचेत हुने हुन सक्छ ।
२. वृद्ध उमेरको कारणले स्पाइनल स्टेनोसिस उमेर बढ्दोसँगै इन्टरभर्टिब्रल डिस्क र भर्टिब्रल जोर्नीहरु खिइने कारणले स्पाइनल क्यानललाई साँघुरो बनाउँछ, जसले स्पाइनल स्नायुहरुमा प्रेसर दिन सक्छन् ।

चिकित्सकको सल्लाह कति बेला लिने ?
ढाडको दुखाइ सामान्यतयाः छोटो हुन्छ र घरेलु उपचार र दुखाइ कम गर्ने औषधि खाँदा निको हुन्छ । तर निम्न लिखित अवस्थामा चिकित्सकीय सल्लाह लिन जरुरी हुन्छ ।

  • दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा ।
  • ढाडको दुखाइ बढ्दै गएमा ।
  • औषधि खाँदा समेत निको नभएमा, आराम गर्दा वा उत्तानो पर्दा पनि दुखेमा ।
  • खुुुट्टामा झमझम वा कमजोरी भएमा वा हिँड्दा गाह्रो भएमा ।
  • दिसा वा पिसाबको नियन्त्रण नभएमा ।
  • ढाड दुखेसँगै ज्वरो आएमा ।

(बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाडजोर्नी विभाग प्रमुख प्रा डा. पशुपति चौधरी)

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • देशभर आजदेखि रुट परमिट खुला image

    देशभर आजदेखि रुट परमिट खुला

    काठमाडौं । आजदेखि देशभर रुट परमिट खुला गरेको छ। सरकारले रुट परमिट दशैँको पूर्णिमासम्म कायम रहने जनाएको छ। दसैँको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय यस अघि थियो...

  • हवाई सुरक्षाः ड्रोन र बेलुन नउडाउन आग्रह image

    हवाई सुरक्षाः ड्रोन र बेलुन नउडाउन आग्रह

    काठमाडौं । हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ । चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग...

  • सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प image

    सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

    काठमाडौं । सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीमा बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । भौतिक पूर्वाधार...

  • आजदेखि जितिया पर्व सुरु image

    आजदेखि जितिया पर्व सुरु

    महोत्तरी । दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ आजदेखि धार्मिक सुरु भएको छ । मिथिलाञ्चलभरि आज ओंगठन, असोज ८ गते...


hotelghyampedanda