भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

युद्धमा दुबै खुट्टा गुमाएकी नर्सले अस्पतालमा बिहे गर्दा सबै बने भावक

युद्धमा दुबै खुट्टा गुमाएकी नर्सले अस्पतालमा बिहे गर्दा सबै बने भावक

युक्रेन । युद्धमा दुबै खेट्टा गुृमाएकी एक नर्सले अस्पतालमा बिहे गरेकी छन् । (२७ मार्च २०२२ मा ) ओक्साना, जो लिसिचान्स्कमा नर्सको रूपमा काम गरिरहेकी थिइन्, भिक्टरसँग घर फर्किंदै गर्दा नजिकै बारुदी सुरंग विस्फोट भएपछि उनको दुवै खुट्टा र देब्रे हातको चार औंलाहरू गुमे ।

उनको जीवनमा ठूलो क्षति हुँदा पनि, उनले पछाडि फर्किनन् र सबै चिकित्सा प्रक्रियाहरू पार गरिन्। र अस्पतालमा आफ्नो प्रेमीसँग विवाह गरिन् । जमिनमुनि बिच्छ्याइएको विस्फोटक पदार्थ पड्किएपछि उनले दुवै खुट्टा गुमाएकी हुन्। विवाहपछि उनी आफ्ना पतिसँग नाचेको देखिने भावोत्तेजक भिडिओ सार्वजनिक भएको छ ।

ओक्साना भन्छिन्, ‘जब विस्फोट भयो, त्यतिबेला म रोइरहेकी थिएँ, जब उसले मलाई देख्यो, म जमिनमा मुख छोरेर पल्टिएकी थिए, मेरो टाउकोमा गम्भीर चोट लागेको थियो। म निस्सासिएकी थिए, सास फेर्न गाह्रो भएको थियो। मेरो पछि आइरहेका मेरो भावी श्रीमान् भासिलिभ भने बचेका थिए।

उनीहरु दुबैको नृत्यको भिडियो अस्पतालका एक स्वयंसेवकले क्यामेरामा कैद गरेका थिए । सुन्दर फुटेजमा भिक्टर ओक्सानालाई अँगालो हालेको देख्न सकिन्छ । भिडियोलाई युक्रेनको संसदले ट्वीटरमा पनि साझा गर्दै भनेको छ, ुएक अति विशेष प्रेम कथाु ओक्साना र भिक्टरले विगत छ वर्षदेखि आफ्नो विवाह स्थगित गरेका थिए ।

उनीहरुले बिहेको समय पनि पाउन सकेनन् । मेडिकल एसोसियसनले दम्पतीको लागि विवाहको औंठी र ओक्सानाको लागि सेतो पोशाक किनेको थियो । अस्पतालका स्वयंसेवकहरूले केक तयार पारेका थिए। शल्यक्रिया केन्द्रको वार्डमा विवाह समारोह भएको थियो ।

विवाह पछि विक्टरले आफ्नी पत्नी ओक्साना एक धेरै बलियो महिला भएको बताए । विस्फोटपछि उनी बेहोस भएकी थिइनन्, उनलाई देख्दा म डराएको थिएँ । त्यतिबेला के गर्ने थाहा थिएन । कसैगरी अस्पताल पु¥याइयो । उनको एक महिनासम्म उपचार भएको थियो ।

डाक्टरहरूले धेरै प्रयास गरे। अन्ततः डाक्टरले उनको दुबै खुट्टा र देब्रे हातको चार औंला काट्नु पर्यो । भिक्टर र ओक्साना छ वर्षदेखि सँगै छन् र उनीहरूका बच्चाहरू पनि छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.