युवतीको पुरै कपडा खाेलेर एक्सरे गर्ने अस्पतालका स्वास्थ्यकर्मी पक्राउ

युवतीको पुरै कपडा खाेलेर एक्सरे गर्ने अस्पतालका स्वास्थ्यकर्मी पक्राउ image

१५ असार २०७७ घोराही । १९ वर्ष कि एक युवती एक्सरे गर्न दाङको एक निजी अस्पतालमा जाँदा उनलाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीवाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

युवतीलाई निर्वस्त्र पारेर एक्सरे गरेको आरोपमा बबइ गाउँपालिका वडा न ५ का २२ वर्षीय नवराज डाँगी पक्राउ गरेको प्रहरीले बताएको छ । घोराही लुहासुरस्थित गोर्खा हस्पिटलमा उनी एक्सरेका लागि गएकी थिइन । उनलाइ अस्पतालका एक्सरे गर्ने युवाले एक्सरे गर्दा पुरै कपडा खोल्नु पर्छ भनेर जवरजस्ती कपडा खोल्न लगाएको ती युवतीले बयान दिएकी छन् । युवतीले अस्पतालमा भएको कुराकानी परिवारसंग बताएपछि उनका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

अस्पतालमा एक्सरे गराउन गएकी महीलालाईसंवेदनशिल अंग पनि नाङ्गो गराएर एक्सरे गराएको भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए । घोराही १ कि १९ वर्षिया ती युवतीले अस्पतालमा काम गर्ने टेक्निसियनले आफुलाई दुव्र्यवहार गर्न खोजेको भन्दै उजुरी दर्ता गराएपछि डाँगीलाई पक्राउ गरिएको हो ।

अहिले घटनाको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले बताए । अस्पतालमा अहिले पुरै शरीर नाङ्गो बनाएर एक्सरे गरादा रहेछन् है भनेर ती युवतीले आफन्तलाई भनेपछि घटना सार्वजनिक भएको हो । सार्वजनिक भए लगतै प्रहरीले एक्सन थालेको हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.