भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

युवालाई जागिरीः एक लाख म्यादी प्रहरीको भर्ना खुल्ला

युवालाई जागिरीः एक लाख म्यादी प्रहरीको भर्ना खुल्ला

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना अनुसार चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ।

उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर युवाहरुले दरर्खास्त फारम बुझाउन सक्ने छन् । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकिएको छ ।

चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न गरेको हो।

 


Thali Mobile Pvt.Ltd.