भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

राजधानी किभ रुसी सेनाको घेरामा

राजधानी किभ रुसी सेनाको घेरामा

काठमाडौं । तीन सातादेखिको सैन्य आक्रमण गरिरहेको रुसले युक्रेनका मुख्य शहर अस्तव्यस्तमात्रै बनाएन, राजधानी किभ पनि चारैतिरबाट घेरामा पारेको छ । रुसको सैन्य आक्रमण २१औं दिनमा प्रवेश गरेसंगै मुख्य शहरहरु अस्तव्यस्त र राजधानी किभलाई घेरा हालेको हो ।

खार्किभ, मरिउपोल, खेर्सन लगायतका केही शहर रुसको पूर्ण नियन्त्रणमा छ । पूर्वी डोनबास क्षेत्रमा युक्रेनको उपस्थिती समेत छैन । यसैबीच मरिउपोल शहरको एक अस्पतालमा ४ सय भन्दा बढी मानिसलाई रुसी सेनाले बन्धक बनाएको आरोप शहरका उपमेयर सर्गेई ओर्लोभले लगाएका छन् ।

रुसी सेनाका कब्जामा गएको मारिउपोल शहरको अस्पतालमा रहेका ४ सय बढी चिकित्सक र बिरामीलाई रुसी सेनाले बन्धक बनाएको आरोप छ । यसैबिच रुस र युक्रेनका अधिकारीबिच आज पनि वार्ता हुने भएको छ ।

यक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्न पोल्याण्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्री जोखिमपूर्ण यात्रा गर्दै किभ पुगेका छन् ।

 


Thali Mobile Pvt.Ltd.