भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

यो वर्षकै सबैभन्दा धेरै अवलोकनकर्ताले जावलाखेलमा सदर चिडियाखाना भ्रमण गरे

यो वर्षकै सबैभन्दा धेरै अवलोकनकर्ताले जावलाखेलमा सदर चिडियाखाना भ्रमण गरे

काठमाण्डौ । यो वर्षकै सबैभन्दा धेरै अवलोकनकर्ताले जावलाखेलमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको भ्रमण गरेका छन् । विहिबार एकैदिन झण्डै १२ हजार जनाले चिडियाखाना भ्रमण गरेका हुन । यो सङ्ख्या पछिल्लो एक वर्षकै धेरै भएको कोषले जनाएको छ ।

भोटो जात्राका अवसरमा सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएकाले पनि जावलाखेलमा जात्रा हेर्न आउनेहरु बिहानदेखि चिडियाखाना अवलोकन गर्न पनि पुगेका थिए ।

उपत्यकामा बिहानैदेखि वर्षा भएकाले पनि चिडियाखाना आउनेको सङ्ख्या कम भएको हुनसक्ने चिडियाखानाले हरेक वर्ष भोटो जात्राको अवसरमा टिकटमा पनि छुटको व्यवस्था गर्ने गरेको छ । साविकमा टिकटको दर वयस्कका लागि दुई सय रुपैयाँ, विद्यार्थीका लागि १ सय ३५ रुपैयाँ र जेष्ठ नागरिकका लागि १ सय रुपैयाँ हुने गरेकामा सबैलाई ७५ रुपैयाँमा टिकट दिइएको छ ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष भोटो जात्राका दिनमा भने कम अवलोकनकर्ता आएका छन् । यसअघिका वर्षमा यस दिन झण्डै २२ हजार जनाले चिडियाखाना भ्रमण गर्ने गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.