भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रक्षात्मक र आक्रमणका लागि तयार रहेकाे नेतान्याहुको टिप्पणी

रक्षात्मक र आक्रमणका लागि तयार रहेकाे नेतान्याहुको टिप्पणी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै पनि रक्षात्मक र आक्रमणका लागि जुनसुकै मुल्य चुकाउन तयार रहेको प्रतिक्रिया दिएका छन्। बिहीबार बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमाण्डर फुआद शुक्रको हत्याको जवाफ दिन लेबनानी सशस्त्र समूह बाध्य रहेकाे हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले चेतावनी दिएपछि नेतान्याहुको यो टिप्पणी आएको हो।

उनले भनेका छन्, ‘इजरायल रक्षात्मक र आक्रामक दुवै किसिमको कुनै पनि परिदृश्यका लागि उच्चस्तरको तयारीमा छ,  हामी हाम्रोविरुद्ध कुनै पनि आक्रमणकाे कारवाहीका लागि उच्च मूल्य चुकाउनेछौँ’ । ‘जसले हामीमाथि आक्रमण गर्छ। हामी पनि जवाफमा आक्रमण गर्नेछौँ।’ भनेर विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

बुधबार तेहरानमा भएको आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको थियो । इरान र हमासले यो आक्रमण इजरायलले गरेको आरोप लगाएका छन् । इजरायलले उनको हत्याका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

‘तपाईँले कुन रातो रेखा पार गर्नुभयो थाहा छैन’, नसरल्लाहले शुक्रको अन्तिम संस्कारमा प्रसारण गरिएको भाषणमा इजरायललाई सम्बोधन गर्दै भने, ‘शत्रु र जो शत्रुको पछाडि छन्, उनीहरूले हाम्रो अपरिहार्य प्रतिक्रियाको प्रतीक्षा गर्नुपर्छ ।’

 


Thali Mobile Pvt.Ltd.