काठमाडौं । भनिन्छ कहिले काहीँ नखाएको विष पनि लाग्छ । हो साच्चै लाग्ने नै रहे छ । अहिले नेपाल प्रहरीका एक जना प्रहरी बरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरीलाई नखाएको विष नै महंगो सावित भएको छ । त्यही विषका कारण उनको उपल्लो पोष्टमा पुग्ने बाटोमा पूर्णविराम नै लागेको चर्चा चलिरहेको छ । कुनै समय नेपाल प्रहरीका एसएसपी दिलिप कुमार चौधरीको प्रहरी महानिरीक्षक (आइजीपी) हुने सपना थियो तर त्यो सपना अहिले साकार नहुदै राजनीतिक बैरभाले लत्याइदिइएको प्रहरी प्रधान कार्यालय मै र्चा चल्ने गरेको छ ।
चौधरी एक नम्बरमा एसपी भएपछि स्वभाविक रुपमा प्रहरी प्रमुखको दौडमा हुने नै भए । नहोस पनि कसरी उनैको ब्याचबाट शैलेश थापा क्षेत्री दोस्रो, निरज शाही तेस्रो, हरि पाल चौथो, प्रधुम्न कार्की पाँचौ र देवबहादुर बोहरा छैंठौं नम्बरमा एसपीमा बढुवा भएका थिए । उनै दोस्रो नम्बरका शैलेश थापा क्षेत्री अहिले आइजीपी छन् भने उनी अहिले (आइजीपी) हुने दौडमा होइन राजनीतिक बैरभावको चेपुवामा परेर घर जाने दौडमा छन् । उनी एसएसपीबाट डिआजीमा बढुवा हुने लाइनमा हुदाँ हुदै घर पठाउने अस्वस्थ कसरत भइरहेको छ । प्रहरी नेतृत्वले उनको बढुवा प्रक्रियामा नाम समावेस गरे पनि उनको नाम सधै काटिने गरेको सा्रेत बताउछ ।
उनलाई सधै एउटा आरोप लाग्ने गरेको छ कुनै सयम आफुलाई सहयोग नगरेको आरोपको अहिले उनी सिकार बनिरहेका छन्न । राष्ट्र सेवक कर्मचारीलाई राजनैतिक रंगलगाई प्रवेस नै नदिई अन्याय गरेको छ । उनी अहिले राज्यले आफुलाई विभेद गरेको बताइरहेका छन् । उनललाई राज्यले लगाउने गरेको महंगो आरोप छ । २०६४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं ३ बाट पराजित नेकपा एमालेका उम्मेदवार भगवती चौरीलाई हराउन र विजयी उममेदवार विजय कुमार गच्छदारलाई जिताउन सक्रिय भुमिका निर्वाह गरेको उनलाई आरोप लागने गरेको छ ।
यही आरोपका कारण उनलाई प्रनामनिको प्रवेशमा समेत राज्यले रोक लगाइदिएको छ । यसरी प्रहरीमा राजनीति घुस्नु नै दुर्भाग्य भएको जानकारहरु बताउछन् । उनीहरु भन्छन् आफुलाई सहयोग गरेकालाई मात्रै राज्यले सहयोग गर्नु भनेको विभेद र विद्रोहको बाटोमा जानु हो । राज्यको नजरमा सबै नागरिक बराबर हुन्छन् । तर उनलाई बराबरको नजरले हेरिएको छैन । चौधरीले २०७४ मा नखाएको विषले अहिले निकै महंगो मूल्य चुक्ता गर्नु परिरहेको छ । उनले यो विष आफुले सेवन गर्नु पर्ला भनेर सोचेकै थिएनन् तर उनले बैरभावको नराम्ररी सिकार बन्नु परेको छ ।
प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका चौधरी २०६७ सालमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर वृत्तको प्रमुख बने । उनी त्यतिवेला प्रहरी नायब उपरीक्षक (डिएसपी) थिए । तत्कालिन नेपाली सेनाका प्रधानसेनापति रुकमांगत कटवाल प्रकरणपछि माओवादी सत्ताबाट सडकमा आएको थियो । माओवादीले सडक आन्दोलन गर्ने घोषणा गर्यो । नयाँ बानेश्वर आन्दोलनको मुख्य केन्द्रमा थियो । आफ्नो क्षेत्र भएको कारण डिएसपी चौधरी सो क्षेत्रमा प्रहरीका कमान्डर थिए ।
डिएसपी चौधरी आफैं फिल्डमा जानपथ्र्यो । आन्दोलन हिंसात्मक बन्दै गएपछि माओवादी कार्यकर्ताले डिएसपी चौधरीलाई नियन्त्रणमा लिएर कुटपिट गरे । ढुंगामुढा र कुटपिटबाट उनी गम्भीर घाइते भए । घाइते भएका उनको लामो समय अस्पतालमा राखेर उपचार भयो । आन्दोलनमा माओवादी कार्यकर्ताको कुटपिटबाट घाइते चौधरीलाई सान्त्वना दिँदै सरकारले तत्कालै कामु प्रहरी उपरीक्षक (एसपी) बनाएको थियो । कामु एसपी भएपछि उनले आफ्नो (२०४९ वैशाख १९) को ब्याचमा फड्को मारे । एसपी बढुवामा उनको १ नम्बरमै नाम निस्किएको थियो ।
तर, उनै चौधरी आईजीपीको प्रतिस्पर्धाको त के कुरा प्रहरी नायब महानिरीक्षक (डिआईजी) पनि नभई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट अवकाश पाउने भएका छन्। आगामी १० असारमा एसएसपीको ५५ वर्षे उमेरहद कारण चौधरी अवकाशमा जान लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ब्याचमेट शैलेश थापा क्षेत्री संगठन प्रमुख भएर नेतृत्व हाँकिरहँदा चौधरी एसएसपीबाटै रिटायर्ड हुन लागेका हुन्।
एसपी बढुवामा चौधरीभन्दा जुनियर रहेका हरि पाल, निरज शाही, प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन्। बोहोरा पनि डिआईजी भइसकेका छन्। प्रहरी संगठनमा प्रहरी नेतृत्वले आफ्नो मातहतका अधिकारीहरुको बढुवामा महत्वपूर्ण भूमिका खेल्नु पर्ने भए पनि राजनीतिक प्रभावमा प्रहरी नेतृत्वले नै नखेलेको प्रहरी अधिकारीको गुनासो छ । तल्लो तहका प्रहरी अधिकारीहरुले आफुहको भविश्य राजनीतिक प्रभावमा परेर यस्तै नियती भोग्नु पर्नेे होकि भन्दै चिन्ता व्यक्त गरेका छन् ।
