भर्खरै : Sorry, your browser does not support inline SVG.

खाद्य गुणस्तरसम्बन्धी कानुन संशोधन हुँदै, सर्वसाधारणसँग राय-सुझाव माग

खाद्य गुणस्तरसम्बन्धी कानुन संशोधन हुँदै, सर्वसाधारणसँग राय-सुझाव माग

काठमाडौँ, १० असाेज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ ।

मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गरेको हो । सरकारको कार्य विभाजन नियमावली, २०८३ अनुकूल हुने गरी ऐनका केही व्यवस्था संशोधन तथा थप स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएपछि मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

प्रस्तावित संशोधनमा खाद्य स्वच्छताको परीक्षण तथा अनुगमनका क्रममा अखाद्य वा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री तथा वितरण गरेको भेटिएमा तत्काल जरिवाना गर्न सकिने व्यवस्था राख्न प्रस्ताव गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने उद्देश्यले उक्त व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले मस्यौदामाथि राय वा सुझाव भए २०८३ असोज १४ गतेभित्र कानून शाखाको इमेलमार्फत पठाउन अनुरोध गरेको छ ।

सर्वसाधारण, सरोकारवाला तथा सम्बन्धित पक्षबाट प्राप्त सुझावलाई आवश्यकताअनुसार समेटेर संशोधन विधेयकको मस्यौदालाई थप परिमार्जन गरिने मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.