भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि

लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि

मुख्य बुँदा

रुपन्देहीको तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।

नुवाकोटको त्रिशूली नदीमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।

तिनाउ र त्रिशूलीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बूढीगण्डकी, मर्स्याङ्दी, मोदी, मादी, सेती र कालीगण्डकीका जलाधारमा पनि लगातार वर्षा भइरहेको छ।

आइतबारसम्म देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान रहेकाले बाढी, डुबान र नदी किनारमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

काठमाडौं, ९ असाेज । लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ। रुपन्देहीको तिनाउ र नुवाकोटको त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।

रुपन्देहीको बुटवलस्थित जलमापन केन्द्रमा तिनाउ नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। नदीमा बहाव अझै बढिरहेको जनाउँदै बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

लगातारको वर्षाका कारण बुटवलसहित लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ। सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै लुम्बिनीमा सशस्त्र प्रहरीका टोली तथा आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जनाइएको छ।

यस्तै, नुवाकोटको धुन्चे जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतहले पनि सतर्कता तह पार गरेको छ। नदीको पानीको सतह अझै बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

विशेषगरी नदी किनारका सडकबाट सकेसम्म यात्रा नगर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

तिनाउ र त्रिशूलीसँगै बूढीगण्डकी, मर्स्याङ्दी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधार क्षेत्रमा पनि लगातार वर्षा भइरहेको छ। वर्षा जारी रहेकाले यी नदीमा समेत पानीको बहाव बढ्न सक्ने जोखिम रहेको छ।

पूर्वी नेपालमा वर्षाको गतिविधि केही घटे पनि भोटेकोशी, तामाकोशी, सुनकोशी, रोशी र दूधकोशी जलाधारमा वर्षा हुने सम्भावना रहेकाले सप्तकोशी नदी आसपासका क्षेत्रमा पनि सतर्कता आवश्यक रहेको मौसमसम्बन्धी जानकारहरूले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। लगातार वर्षा भइरहेका क्षेत्रका बासिन्दालाई नदीको बहाव, बाढी तथा डुबानको अवस्था हेरेर आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.