भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्षापछि मौसम खुल्दै, केही स्थानमा अझै पानी पर्ने सम्भावना

वर्षापछि मौसम खुल्दै, केही स्थानमा अझै पानी पर्ने सम्भावना

काठमाडौँ, १२ असोज । लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

दिउँसो हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा हिमाली तथा पहाडी भूभागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ ।

राति हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्ने सम्भावना रहे पनि समग्रमा देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.