भर्खरै : Sorry, your browser does not support inline SVG.
चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी | दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा | फ्रान्समा विद्यार्थी आन्दोलन उग्र बन्दै, हजारौँ पक्राउपछि अभिभावक र मजदुर पनि सडकमा |

राजीव गुरुङ ऊर्फ दीपक मनाङे निर्विरोध, भए पहिलो सांसद

राजीव गुरुङ ऊर्फ दीपक मनाङे निर्विरोध, भए पहिलो सांसद

पोखरा । गण्डकी प्रदेश सरकार बनाउने र ढलाउने खेलमा निर्णायक बन्ने राजीव गुरुङ ऊर्फ दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

गुण्डागर्दी पृष्ठभूमिबाट आएका मनाङेले मन्त्री भएपछि पनि विवादमा परिरहे थिए। दुबै गठबन्धनले मनाङ (ख) मा उम्मेदवार खडा गरेनन् । मनाङेले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मनाङेसँगै दोर्जे लामा गुरुङले स्वतन्त्र उम्मेदवारी हालेका थिए । तर उनलाई पनि आफ्नो उम्मेदवारी फिर्ता गर्न लगाएर मनाङे निर्विरोध मात्र भएनन्, निर्वाचित हुने पहिलो सांसद बनेका छन्।

सत्ता गठबन्धनमा कांग्रेसकै भागमा परेको यो क्षेत्र मनाङेलाई नै समर्थन गरिएको बताइएको छ । मनाङले २०७५ मा प्रदेशसभा सदस्यको सपथ लिने बेला पनि उनले यस्तै जुक्ति लगाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.