आठबीस । लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा दुर्घटनाका खबरहरु आइरहेका छन् ।
यसैबीच आठबीस नगरपालिका राकमकर्णाली दैलेखकाे विभिन्न ठाउँमा पहराे गएपछि मानवीय क्षेती नभएपनि वस्ती नै उच्च जोखिममा परेका छन् । कर्णाली राजमार्ग पहिरोले अवरुद्ध भएपछि खुलाउने प्रयास भइरहेको छ ।
नेपाली सेनाको टोलीले चट्टान बलाष्टिङ्ग गरेर बाटो खुलाउने प्रयास गरिरहेको उपमेयर कल्पना थापाले बताइन् । उक्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नगरप्रमुख तर्कबहादुर बडुवालसहितको टोली प्रभावित क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थिति बुझिरहेका छन् ।
हेर्नुहाेस् तस्वीरमा….

