भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको ज्यान गएपछि तनाव सिर्जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको ज्यान गएपछि तनाव सिर्जना

दाङ । सुत्केरीको ज्यान गएपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव उत्पन्न भएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको ज्यान गएपछि तनाव सिर्जना भएको हो । सामान्यरूपमा सुत्केरी भएको र बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरूले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको ज्यान गएको मृतकका आफन्तको आरोप रहेको छ ।

घोराही उपमहानगरपालिका ८ सौरीकी मधु बुढाथोकी केसीको विहीबार अस्पतालमा ज्यान गएपछि आफन्तले शुक्रवार आन्दोलन गरेका छन् । मृतकको क्षतिपूर्तिबापत ५० लाख रुपैयाँ, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले बेहोर्नुपर्ने, मृतकको शरीरको सबै अङ्गको परीक्षण हुनुपर्ने उनीहरूले माग गरिरहेका छन् । मृतकका आफन्तले घटनाको छानबिन तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.