भर्खरै : Sorry, your browser does not support inline SVG.

राप्रपाको महाधिवेशन आजदेखि सुरू, ४ हजारबढी प्रतिनिधि काठमाडौंमा

राप्रपाको महाधिवेशन आजदेखि सुरू, ४ हजारबढी प्रतिनिधि काठमाडौंमा

काठमाडौं । केन्द्रीय नेतृत्व छान्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुदैछ।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्रप्रसाद लिङ्देनलाई नेतृत्वका लागि समर्थन गरेका छन्। मंगलबार विशेष कार्यक्रम आयोजना गरी लिङ्देनलाई सघाउने घोषणा गरेका हुन । पुराना अनुहारले पार्टी नेतृत्वका लागि बढी लोभ गर्न नहुने भन्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिनुपर्ने लोहनीको भनाइ छ ।

लोहनीले भने, ‘अब नयाँलाई काम गर्न दिऊँ। पुराना अनुहारबाट पार्टी चल्न सक्दैन।’ लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । मंगलबार पत्रकारसम्मेलन गरी आफू उम्मेदवार बन्दैमा कसैले अपमानित गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

लिङ्देनले अध्यक्ष र महामन्त्रीमा धवल शमशेर राणाले उम्मेदवारी घोषणा गरिसकेका छन्। राप्रपाको महाधिवेशन आज देखि सुरु भई मंसिर १७ मा सकिने कार्यतालिका छ । भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनमा देश तथा विदेशका गरी करिब ४ हजार ५ सय ६० जना प्रतिनिधिहरू सहभागी हुने प्रचार–प्रसार विभाग प्रमुख राजेन्द्र गुरूङले बताए ।

 


Thali Mobile Pvt.Ltd.