भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

राप्रपामा नयाँ नेतृत्वका लागि मतदान हुँदै

राप्रपामा नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं । राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । भृकुटीमण्डपमा साँझ ५ बजेसम्म चुनाव हुनलागेको राप्रपाले जनाएको छ । अध्यक्ष पदका दुई उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २ सय ७६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले बताए । चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको केन्द्रिय सदस्यपदका उम्मेदवार बंशीकुमार शर्माले बताए । एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको शर्माको भनाइ छ ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट मतदान गर्ने सहमति भएको शर्माले बताए । प्रारम्भिक नामावली भने २ बजे प्रकाशित हुनेछ ।

निर्वाचनमा देशभरबाट चार हजार ७ सय प्रतिनिधिले सहभागि भएको र नयाँ नेतृत्व चयनका लागि उनीहरुले मतदान गर्नेछन् । विद्युतीय मतदान भएकाले मतपरिणाम पनि छिट्टै आउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.