भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

आज पनि हिमपात हुने, सचेत रहन आग्रह

आज पनि हिमपात हुने, सचेत रहन आग्रह

काठमाडौं । केही दिनदेखिको प्रतिकूल मौसममा सुधार आउँने भनेपनि आज हिमाली क्षेत्रमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेको र अब विस्तारै कमजोर बन्दै जाने विभागको अनुमान छ । शनिबार पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १, बाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा बदली रहनेछ ।

प्रदेश १, बाग्मती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागमा हिमपातको हुने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा वर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.