राष्ट्रपतिको दवाव पछि नेकपाको सचिवालय बैठक १ बजे नै बस्ने

राष्ट्रपतिको दवाव पछि नेकपाको सचिवालय बैठक १ बजे नै बस्ने

काठमाडौं । आन्तरिक विवादमा अल्झिएको नेकपाको सचिवालय बैठक राष्ट्रपतिको दवाव पछि आज दिउँसो १ बजे बस्ने भएको छ । सचिवालय बैठकको समय तालिकामै अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेर सचिवालय बैठक सार्न आग्रह र ताकेता गरेका थिए ।

पार्टीको केन्द्रीय सचिवालय बैठक पूर्व निर्धारित कार्यक्रम अनुसार दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको, ओलीकै कारण पार्टीमा समस्या आएको आरोप लगाइएको थिए ।

प्रतिवेदनपछि तनावमा देखिएका ओली बैठक सार्न बुधबार बिहानसम्म प्रयासरत थिए । बैठक नसर्ने अवस्था बनेपछि उनले दिउँसो १ बजेकै लागि मन्त्रिपरिषद्को बैठक डाकेका थिए । अन्तत उनी बैठकको सामना गर्न तयार भएका छन् । दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक भने २ बजे सारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.