भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । आठौँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित सूची छ ।

असार १७ गतदेखि सुरु भएको आठौँ अधिवेशनको बैठक आजलाई तय गर्दै हिजो स्थगित गरिएको थियो । प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभाको अधिवेशन भने सञ्चालन भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.