भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

राष्ट्रियसभामा नेमकिपाका दुई जनाले दिए उम्मेदवारी

राष्ट्रियसभामा नेमकिपाका दुई जनाले दिए उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेमकिपाका दुई जनाले उम्मेदवारी दिएका छन् । प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट गीता काफ्ले र कृष्ण तामाङले उम्मेदवारी दर्ता गराए ।

सुनिल प्रजापति प्रतिनिधि बनेर उम्मेदवारी दर्ता गराएका हुन । बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुन लागेपछि निर्वाचन हुन लागेको हो ।

रिक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आज मंगलबार मनोनयन दर्ताको कार्यक्रम तोकिएको हो ।

निर्वाचनमा बागमती प्रदेशमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र

राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले एक्लै चुनावी मैदानमा होमिएको छ ।

 


Thali Mobile Pvt.Ltd.