भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनल एपिएफ र गण्डकी प्रदेश

राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनल एपिएफ र गण्डकी प्रदेश

कैलाली । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत भएको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।

विजयसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ एपिएफका टेकराज अवस्थी भए ।

बिहीबार नै भएको अर्को क्वाटरफाइनल प्रतिस्पर्धामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो ।

खेलका ‘म्यान अफ द म्याच’ गण्डकी प्रदेशका हरि पाण्डेय घोषित भए । फाइनल प्रवेशका लागि अब त्रिभुवन आर्मी क्लब र एपिएफका बीच तथा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशका बीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्नेले ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.