भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस पटकका लागि स्थगित

राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस पटकका लागि स्थगित

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाका कारण २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएका छन् । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण हरेक वर्ष माघ २ गते मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवस सरकारले यस पटकका लागि स्थगित गरेको हो ।

१९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको महाभूकम्पलाई स्मरण गर्दै हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । यसवर्ष पनि २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सरकारी स्तरमै मनाउने तयारी भइरहेको अवस्थामा सरकारले राष्ट्रिय शोक घोषणा गरेका कारण कार्यक्रम स्थगित भएका हुन ।

सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेकाले कुनै पनि औपचारिक कार्यक्रमहरु नुहने भएको हो । भविष्यमा आउन सक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।

सोमबार स्थगित गरिएका कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ । भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी थियो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

 


Thali Mobile Pvt.Ltd.