एजेन्सी । एक चर्चमा गरिएको बम आक्रमण हुंदा प्रजातान्त्रिक गणतन्त्र कंगोकोमा १० जनाको मृत्यु भएको छ । युगाण्डाको सीमा नजिक कंगोको कासिन्दी शहरमा रहेको चर्चमा विद्रोही समूह आइ.एस.आइ.एलले प्राथना गरिरहेका मानिसहरुको माझ बम आक्रमण गरेको हो । उक्त आक्रमणमा परी ३९ जना घाइते भएका छन् ।
कंगो सरकार र आइ.एस.आइ.एल.बीच सन् २०१९ मा भएको शान्तिवार्ताको उलंघन गर्दै सोही समूहले लगातार आतंकवादी आक्रमण गर्दै आएको छ । गत अप्रिलदेखिको हिंसात्मक घटनामा कंगोमा ३ सय ७० जना जनाको मृत्यु भइसकेको उल्लेख गरिएको छ । आक्रमण्मा घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
