रास्वपाकी इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

रास्वपाकी इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

काठमाडौं । उपसभामुखमा सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् ।

शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो ।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए ।

नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ बसे ।

 


Thali Mobile Pvt.Ltd.