भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग

सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग

जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । गत पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने निर्णय गरेपछि कार्यालय स्थापना गर्न बाधा पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । स्थानीयस्तरमा मालपोत र नापी कार्यालय स्थापना आवश्यक भएकाले राजनीतिक दल र जनप्रतिनिधिले यो विषयबारे आवाज उठाउनुपर्ने स्थानीय उमेश बुढा बताउनुहुन्छ ।

हिमा, सिञ्जा र कनकासुन्दरीको केन्द्रसमेत रहेको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाको काम अन्तिम चरणमा पुगेको अध्यक्ष धितालले बताउनुभयो । सिञ्जाको गाउँसभाको निर्णय र मागपत्र सम्बन्धित निकायलाई बुझाइएको छ । मालपोत र नापी कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा तत्कालीन साँसद गजेन्द्रबहादुर महतले भूमिसुधार मन्त्रालयमा दिनुभएको निवेदन पेस भइसकेको अध्यक्ष धितालको भनाइ छ । भूमिसुधार मन्त्रालयले जुम्लास्थित सर्वपक्षीय निर्णयको माग गरे अनुसार नै जिल्लामा सर्वदलीय निर्णय गरी पठाएको छ । सोही निर्णयका आधारमा भूमिसुधार मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र पठाएको थियो ।

अर्थ मन्त्रालयलेभने कार्यालयको अवस्था, वार्षिकबजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने भन्ने निर्णय गरेपछि कार्यालय स्थापनाको काम रोकिएको सिञ्जा गाउँपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.