राहतका लागि कृषिमन्त्रीले मागे सातै प्रदेशको क्षेति विवरण

राहतका लागि कृषिमन्त्रीले मागे सातै प्रदेशको क्षेति विवरण

काठमाडौं । धानबालीमा भएको क्षतिको विवरण उपलब्ध गराउँन कृषिमन्त्री महेन्द्र राय यादवले सातवटै प्रदेश सरकारसँग माग गरेका छन् । सोही विवरण अनुसार किसानलाई राहतको व्यवस्था गरिने मन्त्री यादवको भनाइ छ ।

यादवले भने, ‘बाढी पहिरोले पूर्व र पश्चिममा ठूलो क्षति भएको छ, तत्काल हामी उद्धार, राहत र व्यवस्थापनमा लागेका छौं, प्रधानमन्त्री निरीक्षणमा जानुभएको छ । मैले कात्तिक ९ मा सातै प्रदेशका कृषि मन्त्रीहरुको बैठक राखेको छु । क्षतिको तथ्यांक आइसकेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबाट राहतको व्यवस्था हुन्छ ।’

प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने भन्दै यादवले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले तीनदेखि पाँच लाखसम्म अल्पकालीन राहत दिने निर्णय पहिले नै गरिसकेको बताए ।

 


Thali Mobile Pvt.Ltd.