भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

रिहा भए रोनाल्डिन्हो

रिहा भए रोनाल्डिन्हो

पराग्वे । नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा पक्राउ परेका ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्हो नजरबन्दबाट मुक्त भएका छन् । फर्जी पासपोर्ट प्रकरणमा रोनाल्डिन्हो, उनका भाइ र अन्य चार जना पक्राउ परेका थिए ।

पछिल्लो समय उनीहरूलाई राजधानी असुन्सियनको एक सुविधासम्पन्न होटलमा नजरबन्दमा राखिएको थियो । त्यसअघि उनीहरूले १ महिना जेल बिताउनुपरेको थियो । घटनामा जमानत पाएपछि उनीहरूलाई होटलमा नजरबन्दमा राखिएको थियो । रिहा भएका रोनाल्डिन्होले २ लाख अमेरिकी डलर जरिमाना भने तिर्नुपर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.