रुसले बनाएको कोभिड–१९ खोपले देखायो ‘साइड इफेक्ट’

रुसले बनाएको कोभिड–१९ खोपले देखायो ‘साइड इफेक्ट’

कोरोना भाइरस ९कोभिड–१९० ले सारा विश्व उथलपुथल भएका बेला रुसी वैज्ञानिकहरुले विश्वकै पहिलो कोरोना भ्याक्सिन विकास गरेको दाबी गरे । यो खबरले आंशिक रुपमा खुशी ल्याए पनि तेस्रो परीक्षण नगरिँदै खोप दर्ता गरिएको भन्दै विरोध पनि भयो ।

अझै पनि परीक्षणकै क्रममा रहेको यो खोपले ‘साइड इफेक्ट’ देखाएको छ । ‘स्पुतनिक भी’ नाम दिइएको यो कोरोना भ्याक्सिनले साइड इफेक्ट देखाएको दाबी गरिएको छ । परीक्षणका क्रममा सहभागी भएका ७ जनामध्ये १ जनामा असर देखिएको रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताएका छन् ।

मुरास्कोले मस्को टाइम्सलाई दिएको अन्तर्वार्ताका अनुसार कूलमध्येका १४ प्रतिशतमा यसको असर देखिएको छ । समाचारका अनुसार त्यस्तो असर देखिएकालाई शरीर कमजोर भएको महसुस हुने, माशंपेशी दुख्नेजस्ता समस्या देखिएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.