भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

रुसले युक्रेनमा गरेको आक्रमण सैह्य नहुने अमेरिकी उपराष्ट्रपति ह्यारिसका चेतावनी

रुसले युक्रेनमा गरेको आक्रमण सैह्य नहुने अमेरिकी उपराष्ट्रपति ह्यारिसका चेतावनी

एजेन्सी । रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बताएकी छन् । जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधनमा ह्यारिसले उक्त कुरा बताएकी हुन । उनले युक्रेनको जनतामाथि रुसले ज्यादती गरेको बताउदै युद्धको नाममा मानवता विरुद्धकै अपराध गरिरहेको बताएकी हुन ।

रुसले युक्रेनमा एकवर्षको अवधिमा हत्या, यातना, बलात्कार, निर्वासन र मृत्युदण्ड जस्ता जघन्य अपराध गरेको स्मरण बताउदै उनले प्रसूति गृह जस्तो अस्पताल लक्षित आक्रमण कसैको लागि सह्य नहुने चेतावनी दिएकी छन् । सोही सम्मेलनमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले युक्रेनलाई सैन्य सहयोग दोब्बर पार्नुपर्ने आवश्यकता समेत औल्याएका छन् ।

अमेरिकी एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टद्वारा समर्थित संस्थाहरुका अनुसार युक्रेनसँगको युद्धमा रुसले ३० हजार भन्दा बढी गम्भीर मानव अधिकार उल्लंघनको अपराध गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.