रूस र यूक्रेन युद्ध भएको सय दिन पूरा

रूस र यूक्रेन युद्ध भएको सय दिन पूरा

एजेन्सी । रूसले युक्रेनमाथि आक्रमण गरेको आज एक सय तीन दिन पूरा भएको छ । यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् भने रुसी सेनाका तर्फबाट दशौं हजारौं निहत्था युक्रेनी नागरिक मारिएका छन् । १ करोड २० लाख नागिरक विस्थापित हुँदा करिब ६८ लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुग्दा ८० लाख मानिस आन्तरिक रूपमै विस्थापनमा परेका छन् । ठूलो मानवीय संकटमा फसेको युक्रेनमा एक बच्चा हरेक सेकेन्डमा युद्ध शरणार्थी बनिरहेको बताइएको छ । उता, रूसलाई घेराबन्दी गर्न पश्चिमा देशहरूले पनि लगातार नाकाबन्दी कडा गर्दै लगेका छन् ।

रुसले प्रत्यक्ष फाइदा नपाएपनि तत्काल युद्ध रोक्ने लक्षण देखाएको छैन भने युक्रेन पनि रूससमक्ष आत्मसमर्पण गर्ने अवस्थामा छैन । गत फेब्रुअरी २४ मा युक्रेनमाथि तीन तिरबाट आक्रमण थालेको रुसले युद्धमा विजय नपाए पनि युक्रेनको जनजीवन भने अस्तव्यस्त बनेको छ ।

सुरूमा पूर्वी युक्रेनसँगै राजधानी किभलाई लक्षित गरी आक्रमण गरिएको थियो । केही दिनमै युक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित छ ।

 


Thali Mobile Pvt.Ltd.