भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रेन्बो ट्राउट माछा फार्मले मलाई स्वरोजगार र स्वाभिमानी बनायो : रञ्जितकार ( भिडियो सहित )

रेन्बो ट्राउट माछा फार्मले मलाई स्वरोजगार र स्वाभिमानी बनायो : रञ्जितकार ( भिडियो सहित )

काभ्रे । पछिल्लो समय आन्तरिक पर्यटकहरुको नजिकको मन पर्ने स्थान पनौती नगरपालिका वडा नं. १ रयाले स्थित मानेदोभना पनि एक हो । यहाँ रहेको फूुलचोकी रेन्बो ट्राउट फर्ममा रहेका माछाको स्वाद लिन आउँने आन्तरिक पर्यटकहरुको रोजाइमा यो स्थान पर्ने गरेको छ । यो ठाउँको वातावरणले समेत पर्यटकहरुलाई मोहित बनाइ दिएको छ ।

काठमाडौं उपत्यकाबाट थकान मेटाउन जाने पर्यटकहरुका लागि महत्वपूर्ण स्थान रहेको मानेदोभान साच्चै पर्यटकीय हिसावले महत्वपूर्ण स्थानको रुपमा गनिन्छ । १२ वर्ष अगाडिदेखि रेन्बो ट्राउड माछाको व्यवसाय सुरु गरेका फर्मका सञ्चालक रामकुमार रंजितकारका अनुसार मानेदोभान १२ वर्ष अघि र पछि निकै परिर्वतित अवस्थामा छ । १२ वर्षको अवधिमा धेरै परिवर्तन आएको जानकारी दिदै उनले भने अहिले बजारमा माछाको मागलाई पु¥याउँन नसकिएको बताए । विगतमा आफूहरुले सञ्चालन गरेको फर्मबाट माछाको माग धान्न सजिलै सकिए पनि अहिले यहाँ उत्पादन भएको माछा यहीँका स्थानीयलाई नै पु¥याउन नसकिएको बताए ।

उनले यहाँ माछा खान बनेपा, घुलिखेल काठमाडौं, भक्तपुर र ललितपुर लगायतका स्थानबाट पर्यटकहरु आउने गरेको जानकारी दिदै उनले भने “१० हजार भुरा माछाबाट दुई, तीन टन माछा निस्कीन्छ । बाहिरबाट १७ सय किलोमा किनेर ल्याइन्छ । यो स्थान ललितपुरको ग्वार्कोबाट १८, भक्तपुरबाट १० र बनेपाबाट १५ किलोमिटरको दुरमा रहेको रहेको छ । यहाँको हरियाली र खोलाको छङछङ र सुन्दर वातावरणमा मोहित हुन मानिसहरु आउने गरेका छन् ।”

उनले यहाँ रहेको माछा फर्ममा बसेर खाजा खानलाई ठूलो खर्च नलाग्ने बताउदै खाजा, खान आउन प्रतिव्यक्ति ५ सय रुपैयाँ खर्च भए पुग्ने जानकारी दिए । आफूले ६० देखि ७० लाखबाट यो व्यवसाय सुरुवात गरेको बताउदै रंजितकारले आफ्नो व्यवसायमा लगनशीलि भएर लागेको खण्डमा जो कोही सफल हुने टिप्स समेत बताए ।

रंजितकारले विदेश भन्दा आफ्नै देशमा सुन फलाउन सकिने बताउदै रोजगारी सिर्जना गर्न स्वदेशमै व्यवासय सुरु गर्नुपर्ने बताए । आफूसगं १० वटा पोखरी रहेको र ती पोखरीमा २ हजार माछाका भुरा राख्न सकिने जानकारी दिए । अहिले आफ्नो परिवार सहित १० जनाले यहीं फर्मबाट राजगारी पाइरहेको बताए । भिडियो यहाँ………

 


Thali Mobile Pvt.Ltd.