काभ्रे । पछिल्लो समय आन्तरिक पर्यटकहरुको नजिकको मन पर्ने स्थान पनौती नगरपालिका वडा नं. १ रयाले स्थित मानेदोभना पनि एक हो । यहाँ रहेको फूुलचोकी रेन्बो ट्राउट फर्ममा रहेका माछाको स्वाद लिन आउँने आन्तरिक पर्यटकहरुको रोजाइमा यो स्थान पर्ने गरेको छ । यो ठाउँको वातावरणले समेत पर्यटकहरुलाई मोहित बनाइ दिएको छ ।
काठमाडौं उपत्यकाबाट थकान मेटाउन जाने पर्यटकहरुका लागि महत्वपूर्ण स्थान रहेको मानेदोभान साच्चै पर्यटकीय हिसावले महत्वपूर्ण स्थानको रुपमा गनिन्छ । १२ वर्ष अगाडिदेखि रेन्बो ट्राउड माछाको व्यवसाय सुरु गरेका फर्मका सञ्चालक रामकुमार रंजितकारका अनुसार मानेदोभान १२ वर्ष अघि र पछि निकै परिर्वतित अवस्थामा छ । १२ वर्षको अवधिमा धेरै परिवर्तन आएको जानकारी दिदै उनले भने अहिले बजारमा माछाको मागलाई पु¥याउँन नसकिएको बताए । विगतमा आफूहरुले सञ्चालन गरेको फर्मबाट माछाको माग धान्न सजिलै सकिए पनि अहिले यहाँ उत्पादन भएको माछा यहीँका स्थानीयलाई नै पु¥याउन नसकिएको बताए ।
उनले यहाँ माछा खान बनेपा, घुलिखेल काठमाडौं, भक्तपुर र ललितपुर लगायतका स्थानबाट पर्यटकहरु आउने गरेको जानकारी दिदै उनले भने “१० हजार भुरा माछाबाट दुई, तीन टन माछा निस्कीन्छ । बाहिरबाट १७ सय किलोमा किनेर ल्याइन्छ । यो स्थान ललितपुरको ग्वार्कोबाट १८, भक्तपुरबाट १० र बनेपाबाट १५ किलोमिटरको दुरमा रहेको रहेको छ । यहाँको हरियाली र खोलाको छङछङ र सुन्दर वातावरणमा मोहित हुन मानिसहरु आउने गरेका छन् ।”
उनले यहाँ रहेको माछा फर्ममा बसेर खाजा खानलाई ठूलो खर्च नलाग्ने बताउदै खाजा, खान आउन प्रतिव्यक्ति ५ सय रुपैयाँ खर्च भए पुग्ने जानकारी दिए । आफूले ६० देखि ७० लाखबाट यो व्यवसाय सुरुवात गरेको बताउदै रंजितकारले आफ्नो व्यवसायमा लगनशीलि भएर लागेको खण्डमा जो कोही सफल हुने टिप्स समेत बताए ।
रंजितकारले विदेश भन्दा आफ्नै देशमा सुन फलाउन सकिने बताउदै रोजगारी सिर्जना गर्न स्वदेशमै व्यवासय सुरु गर्नुपर्ने बताए । आफूसगं १० वटा पोखरी रहेको र ती पोखरीमा २ हजार माछाका भुरा राख्न सकिने जानकारी दिए । अहिले आफ्नो परिवार सहित १० जनाले यहीं फर्मबाट राजगारी पाइरहेको बताए । भिडियो यहाँ………
