भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

रोनाल्डो सार्वजनिक

रोनाल्डो सार्वजनिक

काठमाडौं । विश्व फुटबलका चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको क्लब अल नसरले सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा विशेष समारोह गरेर अल नसरले रोनाल्डोलाई आफ्नो जर्सीमा सार्वजनिक गरेको हो ।

हजारौं समर्थक उपस्थित भएको समारोहमा रोनाल्डो सार्वजनिक भएका हुन । रोनाल्डोले साउदी क्लब आफ्नो लागि नयाँ चुनौती भएको बताए । प्रतिस्पर्धात्मक लिगका लागि आफू चुनौतीको सामना गर्दै साउदी आएको उल्लेख गरे । उनले यो आफ्नो अन्तिम लिग नभएको प्रष्ट पारेका छन् ।

साउदी अरेबियाको क्लब अल नसरमा दुई वर्षका लागि अनुबन्ध भएको बताए । पोर्चुगल फुटबलका सुपरस्टार रोनाल्डोसँग यो सिजनको सबैभन्दा ठूलो सम्झौता भएको हो । साउदी क्लबमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा जस्तै ७ नम्बरको जर्सी लगाउने छन् । ३७ वर्षीय पोर्चुगिज स्टारसँग गत महिना म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.