भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

मेक्सिको मृत्यु हुनेको संख्या २१ पुग्यो

मेक्सिको मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं । मेक्सिकोमा २१ जनाको मृत्यु भएको छ । गत आइतबार कारागार तोडेर ३० जना कैदीबन्दी भागेका मध्य उनीहरूको खोजीको क्रममा भएको गोली हानाहानमा २१ जनाको मृत्यु भएको हो । यस घटनामा मेक्सिकोको कुख्यात अपराधिक समूह लोस मेक्सिकल्सको हात रहेको विश्वास गरिएको छ । सिउडाड जुवारेजस्थित कारागारबाट कैदीहरू भाग्ने क्रममा १० जना गार्ड र ४ जना कैदी गरी १४ जनाको मृत्यु भएको थियो ।

कारागारबाट भाग्नेहरुमा लोस मेक्सिकल्सका नाइके पनि रहेका छन् । अपहरण र हत्याको अभियोगमा ३३ वर्षीय एल नेटोले १४ वर्ष लामो कैद सजाय भोगिरहेका थिए ।
सन् २०१० मा पनि उनलाई भगाउन गरिएको एक असफल प्रयास दौरान घाइते भएका थिए ।बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका राष्ट्रिय अनुसन्धानकर्ताहरूमाथि अचानक गोली प्रहार गर्दा दुई जना अनुसन्धानकर्ता लगायत अन्य ५ जना बन्दुकधारीको समेत मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.